२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

एमालेका दुई मन्त्री लिएर एमाले अध्यक्ष ओली ताप्लेजुङको ओलाङचुङगोला जाँदै

Untitled
Untitled
Untitled

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले टोली आज ताप्लेजुङको ओलाङचुङगोलाको निरिक्षणमा जाँदैछ ।

पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ जान लागेको एमाले ताप्लेजुङले जनाएको छ ।

कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ओलीको टोलीमा सहभागी हुने बताए ।

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको निरीक्षण गर्ने तालिका छ । ओली त्यसपछि चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला पुग्नेछन् ।
सामारीक महत्वको यस ठाउँमा उत्तरी सिमाना चीनको रिउबाट गोला जोड्ने मोटरबाटो आइपुगेको छ ।

तमोर करिडोर मार्फत् ओलाङचुङगोला जोडिएपछि त्यहाँका बासिन्दालाई सजिलो भएको छ ।

फुङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ ।

Untitled
Untitled
Untitled