२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

नमाज पढेर इद-उल-फित्र मनाइँदै, देशभर सार्वजनिक बिदा

Untitled
Untitled
Untitled

काठमाडौं, इस्लाम धर्मावलम्बीले आज ईद ( ईद–उल–फित्र ) पर्व मनाउँदै छन् । रोजा व्रतपछि आज इस्लाम धर्मावलम्बीले ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन् ।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो । केही मुस्लिमले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा त केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दु पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात् ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस पर्वको अवसरमा मुस्लिम ‘हज’ का लागि साउदी अरबको मक्कामदिना पनि जान्छन् ।

ईदको अवसरमा आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

Untitled
Untitled
Untitled