२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

बाँकेको डुडुवामा रहेको वाल सुधार गृहमा झडप एक जनाको मृत्यु, १० घाइते

Untitled
Untitled
Untitled

बाँके, बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति भएको झडपमा एक जनाको निधन भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए ।

दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

झडपमा परेर १० जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन् ।

पछिल्लो पटक लागुऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो ।

यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो । बालिग भएपनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।

Untitled
Untitled
Untitled