२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

सुन तस्करीको घटना लुकाउन मलाई गिरिबन्धु टी स्टेट भ्रष्टाचार आरोप लगाइयो : अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले पहिले नै ७० बिगा जग्गा बेचिएकोमा उनले आफ्नो सरकार हुँदा कानून बिना बेच्न पाइँदैन भनेर कानून बनाउँदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन आफूलाई आरोप लगाइएको उनको टिप्पणी गरे ।

ओलीले भने, ‘१०० केजी ६१ मा झर्‍यो । साढे ९ केजी कतिमा झर्‍यो थाहा छैन । यति मजाक गरिरहन भ्रष्टाचारको यसको खालको कुरालाई लुकाउन गिरिबन्धु टी स्टेट झापामा छ त्यसमा खायो केपी ओलीले गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होइन गिरि बन्धुको हो २१ साल देखी छ ।

पहिले नै ७० बिगा पटक पटक गरेर बेचेको थियो उहाँहरूकै सरकारले म आएपछि कानून बिना बेच्न हुँदैन भनेको थिए ।

कानुन बनाइदिए भ्रष्टाचार भयो रे ।’ उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे ।

नेकपा एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरे ।

उनले भने, ‘उता चिल आयो भन्ने यता कुखुरा लाने गरेर झुटा हल्ला फिँजाएको छ। यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला ।

देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व हो देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो । दुई तोला सुन दुई गट्टा रुपैयाँ, यस्ता कुरामा बिक्ने वाला छैन यो बिक्ने ज्यान होइन ।’

Untitled
Untitled
Untitled