२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

चामल र प्याजपछि अब पालो चिनीको, निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

Untitled
Untitled
Untitled

एजेन्सी, उखु उत्पादनमा कमी आएसँगै भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ।

भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।

चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकारीहरुको भनाइ छ।

यदि भारतले निर्यातमा प्रतिबन्ध लगाएमा विश्व बजारमा चिनीको मूल्य बढ्न सक्ने उनीहरुको अनुमान छ।

यसअघि भारत सरकारले सन् २०१६ मा चिनी निर्यात कम गर्न २० प्रतिशत ट्याक्स लगाएको थियो।

रिपोटर्सका अनुसार भारतमा यसपालि चिनी उत्पादन ३.३ प्रतिशतले घटेर ३१.७ मिलियन टनसम्म हुन सक्छ।

त्यसैले भारत सरकारले ३० सेप्टेम्बरसम्म मात्र ६.१ जना टन चिनी निर्यातको अनुमति दिएको छ। यो अघिल्लो सिजनको तुलनामा ११.१ मिलियन टनको तुलनामा लगभग आधा हो।

यसअघि भारतले गैरबासमती सेतो चामलको निर्यातमा रोक लगाएको छ। यसैगरी भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ।

 

Untitled
Untitled
Untitled