२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Untitled
Untitled
Untitled

काठमाडौं, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सर्वोच्चव अदालतमाम रिट दायर गरेका हुन् ।

रिटमा सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न गरेर आफूलाई मुख्यमन्त्री बनाउन परमादेशको समेत माग गरिएको छ ।

रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले समेत मत दिएपछि कांग्रेसका मुख्यमन्त्री थापा मुख्यमन्त्री बनेका थिए ।

Untitled
Untitled
Untitled