२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

रुसमा पुटिनसँग विद्रोह गरेका वाग्नरका संस्थापक प्रिगोजिन मारिएको आशंका

Untitled
Untitled
Untitled

एजेन्सी, रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई नै चुनौती दिएको निजी सेना वाग्नरका संस्थापक येवगेनी प्रिगोजिनको विमान दूर्घटनामा परेर मृत्यु भएको आशंका गरिएको छ ।

बुधबार रुसमा दूर्घटनामा परेको विमानमा सवार यात्रुको लिस्टमा वागनरका संस्थापक प्रिगोजिनको पनि नाम रहेको बताइएको छ । यो दूर्घटनामा १० जनाको मृत्यु भएको छ ।

त्यसअघि वागनरसँग सम्बन्धित एक च्यानल ग्रे जोनले आफ्नो एक विमानलाई उत्तरी मस्कोमा हवाइ सुरक्षा बलले खसालेको जनाएको थियो ।

प्रिगोजिनले गत जुनमा रुसी सेनाविरुद्ध असफल सैन्य विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि राष्ट्रपति पुटिनसँग उनको सम्बन्ध बिग्रिएको थियो ।

विमान दूर्घटना भनिए पनि योजनावद्ध रुपमा प्रिगोजिनको हत्या गर्न रुसी सेनाले खसालेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रिगोजिन सवार निजी विमान रुसी शहर तेवेर नजिकै दूर्घटना भएको रुसी न्यूज एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।

रुसी संकटकालीन मन्त्रालयले विमानमा सवार ७ यात्री र ३ चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ । यद्यपी मन्त्रालयले प्रिगोजिन विमानमा भए नभएको बारे भने केही भनेको छैन ।

विमान दूर्घटनाका पछिल्ला तस्वीरमा आकासमै आगो लागेर भूइमा बजारिएको देखिएको छ ।

Untitled
Untitled
Untitled