२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

सूर्य चम्किँदा मुम्बईले गुजरातलाई हरायो, प्लेअफ सम्भावना बलियो

Untitled
Untitled
Untitled

एजेन्सी, पाँचपटकको आइपीएल च्याम्पियन मुम्बई इण्डियन्सले यसपटक प्लेअफ सम्भावना बलियो बनाएको छ ।

गएराति सम्पन्न खेलमा गत संस्करण विजेता तथा शीर्ष स्थानका गुजरात टाइटन्सलाई २७ रनले हराउँदै मुम्बईले प्लेअफ सम्भावना बलियो बनाएको हो ।

मुम्बईसँगको हारका बाबजुद गुजरात शीर्ष स्थानमा कायमै छ । आफ्नो १२ औँ खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।

उसका लागि राशिद खानले ३२ बलमा १० छक्का र ३ चौकाको मद्दतमा अविजित ७९ रनको विस्फोटक पारी खेले ।

यस्तै, डेविड मिलरले ३१, विजय शंकरले २९ र राहुल तेवटियाले १४ रन जोडे । मुम्बईका लागि आकाश मधवालले ३, पियुष चावला, कुमार कार्तिक्यले २र२ र जेसन बेहरेन्डोर्फले १ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो । उसका लागि सूर्यकुमार यादवले विस्फोटक शतकीय पारी खेले ।

४९ बलको सामना गरेका उनले ६ छक्का र ११ चौकाको मद्दतमा अविजित १ सय ४ रन बनाए । जारी सिजनमा उनको यो लगातार दोस्रो आक्रामक इनिङ हो ।

अघिल्लो खेलमा सूर्यले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ३५ बलमा ८३ रनको पारी खेलेका थिए ।

यस्तै, गुजरातविरुद्ध इशान किशनले ३१, विष्णु विनोदले ३०, कप्तान रोहित शर्माले २९ र नेहाल वधेराले १५ रनको योगदान दिए ।

गुजरातका लागि राशिद खानले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए । यस्तै, मोहित शर्माले १ विकेट हात पारे ।

जारी सिजनमा तेस्रो स्थानमा रहेको मुम्बईले १२ खेल खेल्दा ७ मा जीत र ५ खेलमा हार बेहोरेको छ ।

उसले १४ अंक जोडेको छ । यस्तै, शीर्ष स्थानको गुजरातले १२ खेलमा ८ मा जित र ४ खेलमा हारको सामना गरेको छ । उसले १६ अंक जोडिसकेको छ ।

Untitled
Untitled
Untitled