काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बिहान ८ बजे बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
शुक्रबार नै बस्ने तय भएको स्थायी कमिटी बैठक आजका लागि सारिएको थियो ।
केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गर्ने जनाइएको छ ।
प्रदेश अध्यक्षहरूको सुझावका आधारमा स्थायी कमिटी बैठकले पार्टीको भावी कार्ययोजनाको प्रस्ताव तयार पार्नेछ ।
सोही प्रस्ताव आज दिउँसो पुनः केन्द्रीय कमिटी बैठकबाट पारित गर्ने बताइएको छ ।


































