२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

मध्यपूर्वपछि युक्रेनी युद्धमा चीनको चासो, जेलेन्स्कीसँग राष्ट्रपति सीको फोन वार्ता

Untitled
Untitled
Untitled

एजेन्सी, इरान र साउदी अरेबियालाई मिलाएर मध्यपूर्वलाई शान्तितर्फ डोर्‍याइरहेको चीनले रसिया/युक्रेन युद्धमा पनि चासो देखाएको छ।

गत चैत पहिलो साता रसियाको भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई फोन गरेका छन्।

रुस(युक्रेन युद्ध रोक्ने भरपर्दो मध्यस्थकर्ताको खोजी भइरहेका बेला राष्ट्रपति सीले बुधबार दिउँसो जेलेन्सीकसँग फोन संवाद गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग फोन वार्ता गर्नु भएको छु, ग्लोबल टाइम्सले भनेको छ।

‘मैले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लामो र अर्थपूर्ण फोनवार्ता गरेँ। मलाई विश्वास छ, यो वार्ता र सँगसँगै चीनका लागि युक्रेनी राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली उर्जा दिनेछ,’ जेलेन्स्कीले भनेका छन्।

गतमहिना रुस भ्रमणमा गएकै बेला सीले उनीसँग फोनमा कुरा गर्ने चर्चा थियो। तर, त्यसबेला उनीहरुबीच कुरा हुन सकेन।

सो भ्रमणअघि नै चीनले युक्रेनमा शान्ति वार्ताका लागि प्रस्ताव गरेको थियो। तर, पश्चिमा शक्तिहरुले त्यसलाई अस्वीकार गरेका थिए।

दुई देशका राष्ट्रपतिबीच भएको कुराकानीको विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरिसकेका छैनन्।

रसिया(युक्रेन युद्धले १५ महिना छुन लाग्दा पनि कुनै निष्कर्षमा पुग्ने संकेत देखिएको छैन। युरोपेली र अमेरिकीसहितका पश्चिमी शक्तिले युक्रेनलाई निरन्तर सघाइरहेका छन्।

तर, रसियाले युक्रेनमा निरन्तर हमला रोकेको छैन। पश्चिमी शक्तिहरु अझै युद्ध लम्ब्याउने प्रयासमा रहेका बेला चिनियाँ राष्ट्रपतिको यो पहललाई अन्तर्राष्ट्रिय कूटनीतिक जगतले अर्थपूर्ण भनिरहेका छन्।

Untitled
Untitled
Untitled