२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

थाइल्याण्डको बैंककमा युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ सम्पन्न

Untitled
Untitled
Untitled

बैंकक, युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको छ ।

युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा प्रिन्सटन होटलमा भएको कार्यक्रममा विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिटअन्तर्गत राखिएको थियो ।

कार्यक्रममा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, मानवाधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अगुवाहरूको उपस्थिति थियो।

यस अवसरमा साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, शान्ति अभियान, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र महिला सशक्तीकरण लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वहरूलाई उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो ।

शान्ति र मानवतावादी सेवामा निरन्तर योगदान पुर्‍याएका १६ जना विशिष्ट व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ प्रदान गरिएको थियो।

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार

१४ जना अन्तर्राष्ट्रिय व्यक्तित्व सम्मानित भएका थिए । जसमा थाइल्याण्डकी व्यवसायी तथा पूर्व थाई–नेपाली समाज अध्यक्ष भावना राई (व्यवसायिक नेतृत्व), नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (पर्यटन), म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की (सामाजिक सेवा), लाल​सिह​ ख​ड्का कम्बोडिया ह​स्पिटालिटी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झा (व्यवसायिक प्रशासन), र​ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कर्पोरेट​त​र्फ​ स​म्मानित​ भ​एका थिए ।

यसैगरी बंगलादेशका युएनआईपी इन्टरनेशनल को–अर्डिनेटर तथा च्याप्टर अध्यक्ष राजु शाह (शान्ति तथा वकालत), भारतका डा। श्रीनिवास एलुरी (अन्तर्राष्ट्रिय सम्बन्ध), श्रीलंकाकी युएनआईपी वर्ल्डवाइड महासचिव डा.डी. एन.जेरिना (महिला सशक्तीकरण), अमेरिका निवासी वातावरण इञ्जिनियर हिल्लो रे (वातावरणीय इञ्जिनियरिङ), इटलीका साहित्यकार डा. ओरलान्डो सिमिएले (साहित्य), जापानका चिरोप्राक्टिक मेडिकल एसोसिएशन अध्यक्ष डा. फुसाओ कितागावा (स्वास्थ्य), इटलीकै लिबर्टास अवेल्लिनो संघ अध्यक्ष डा. भिसेन्जो म्यान्कुसो (खेलकुद व्यवस्थापन), भारतका ग्लोबल राइटर्स एकेडेमी अध्यक्ष विश्वनन्द सिन्हा (साहित्य), कोलम्बियाकी कवि आन्द्रिया एनसिको रुइज (साहित्य) र फिलिपिन्सकी जेजाबेक मारमार्क (साहित्य) सम्मानित भए ।

नेपालका उत्कृष्टता पुरस्कार विजेता

१३ जना नेपाली व्यक्तित्व सम्मानित भए, जसमा सुरेन्द्र वाग्ले (अनुसन्धान), सुचिता कफ्ले (साहित्य), सुमित्रा थापा (महिला उद्यमशिलता), सावित्री थापा खनाल (सामाजिक योगदान), कृष्णहरी अर्याल (व्यवसायिक उद्यमशिलता), गंगाबहादुर खड्का (व्यवसायिक नेतृत्व), सुमन चिमरिया (कृषि–आधारित उद्योग), दावा गुम्बो तामाङ (राजनीति तथा स्थानीय शासन), छेवाङ दोर्जे तामाङ (सार्वजनिक सेवा), हेराकाजी महर्जन (बहु–क्षेत्र योगदान), अशेषकुमार बुढाथोकी (आयात–निर्यात), विवेक पौडेल (रोजगारी) र कुमारप्रसाद चौलागाईं (मिडिया तथा पत्रकारिता) रहेका थिए ।

शान्ति राजदूत प्रमाणपत्र

शान्ति र मानवताको क्षेत्रमा निरन्तर योगदान दिएका १६ जना व्यक्तित्वलाई शान्ति राजदूत प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्मनित हुनेमा तिनमा वेन, डा. राजु लामा पी, कोंन्दन, सरोज ओझा, रवी राज शाही, दिपीका रायमाझी, दीपकचन्द्र गौतम, पवित्रा भण्डारी, हिक्मत दाहाल, विमलकुमार भट्टराई, मञ्जु श्रेष्ठ, हरिशरण मानन्धर, दिपप्रसाद धामला, मोति तामाङ, विष्णुप्रसाद अधिकारी, केशव बस्नेत, निकिता श्रेष्ठ र शिवहरी खनाल रहेका थिए।

समारोहमा वक्ताहरुले शान्ति, एकता र सहकार्यमा जोड दिए।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सहायक सोईओ ब्रजेशकुमार झा, म्यान्मारका कुमार कार्की, व्यवसायी भावना राई, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, चार्टर्ड एकाउण्टेन्ट विवेक पौडेल र जनप्रतिनिधि दावा गुम्बो तामाङले विश्व शान्तिका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

युएनआईपी बंगलादेश च्याप्टर अध्यक्ष राजु शाहले यो पुरस्कार शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताएका थिए ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाले सीमाना नाघ्ने शक्ति भएको उल्लेख गर्दै यसले विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

युएनआईपी नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पी. कोंन्दनले सामाजिक सेवा र मानवतावादी कार्य सीमा नमान्ने भएकाले शान्ति अभ्यास सबै समुदायमा समान रूपमा हुनुपर्ने धारणा राखे।

युएनआईपी थाइल्याण्ड अध्यक्ष डा. श्रीवान किङ्जुनले नेपालले विश्व शान्तिको लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै सहभागी प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरे।

समारोहमा युएनआईपी नेपालका कार्यकारी अध्यक्ष रवी राज शाहीले स्वागत मन्तव्य र महासचिव दीपकचन्द्र गौतमले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा सहभागीहरूले भगवान बुद्धसम्बन्धी वृत्तचित्र पनि अवलोकन गरेका थिए।

समारोहले नेपाल बुद्ध जन्मभूमिबाट विश्वभरि शान्ति र करुणाको गहिरो सन्देश प्रवाह गरेको दावी आयोजकले गरेको छ ।

Untitled
Untitled
Untitled