२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

किम जोङ उनको निगरानीमा उत्तर कोरियाले गर्‍यो नयाँ मिसाइल परीक्षण

Untitled
Untitled
Untitled

एजेन्सी, उत्तर कोरियाले शनिबार दुई नयाँ हवाई रक्षा मिसाइलहरूको परीक्षण गरेको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार यो परीक्षण नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा गरिएको हो।

ती हतियारहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ रहेको र ‘अद्वितीय प्रविधि’ प्रयोग गरिएको बताइएको छ । यद्यपि यसका बारेमा प्राविधिक विवरण भने खुलाइएको छैन।

केसीएनएले परीक्षणमार्फत ‘विभिन्न हवाई लक्ष्य जस्तै ड्रोन र क्रूज मिसाइल नष्ट गर्न यी दुई प्रकारका मिसाइल उपयुक्त छन् भन्ने प्रमाणित भएको’ बताएको छ।

यसअघि मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकले दुई देशबिचको असैन्यीकृत क्षेत्र पार गरेपछि दक्षिण कोरियाले चेतावनीस्वरूप गोली चलाएको योनहाप एजेन्सीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय कमान्डका अनुसार सैनिकहरू क्षणिक रूपमा सीमा नाघेर पुनः फर्किएका थिए।

त्यसबारेमा उत्तर कोरियाले भने दक्षिण कोरियामाथि ‘जानाजानी उक्साउने गतिविधि’ गरेको आरोप लगाएको छ।

यसैबीच दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि व्यापक सैन्य अभ्यास सुरु गरेका छन्।

Untitled
Untitled
Untitled