२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

बागमतीका मुख्यमन्त्री लामाले राजीनामा दिँदै, सरकारको नेतृत्व बानियाँले गर्ने

Untitled
Untitled
Untitled

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिँदैछन् ।

लामाले आइतबार बिहान हेटौँडा पुगेर राजीनामा दिने भएका हुन् ।

मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।

त्यसो त बानियाँको नेतृत्वमा मुख्यमन्त्री लामामाथि अविस्वास पैदा गरेर संसदीय दलको नेताबाट हटाइएको थियो ।

संसदीय दलको नेताबाट हटे पनि आफू राजीनामा दिने पक्षमा नरहेको अडानमा लामा रहेका थिए ।

तर, सभापति शेरबहादुर देउवासँग भेटघाटपछि लामाले सहमतिका आधारमा राजीनामा दिन तयार भएका हुन् ।

Untitled
Untitled
Untitled