२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

सर्वोच्चले माग्यो लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

Untitled
Untitled
Untitled

काठमाण्डू, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सो आदेश दिएको हो । यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।

२९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

उनका तर्फबाट श्रीमती निकिता पौडेलले निवेदन दर्ता गराएकी थिइन् ।

Untitled
Untitled
Untitled