काठमाण्डू, ल्दिभ्समा सुरु भएको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग स्तब्ध भएको छ ।
गतराति भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ ले पराजित भएको हो । पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको थियो ।
तर, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले गुमाउँदा नेपालले पहिलो खेलमै हारमा चित्त बुझाउनुपर्यो ।
अब नेपालले दोस्रो खेल शुक्रबार किर्गिस्तान र तेस्रो खेल शनिबार आयोजक माल्दिभ्ससँग खेल्नेछ ।
४ टीम सहभागी प्रतियोगितामा सबै टीमले एक आपसमा खेलेपछि सेमिफाइलनका खेल सुरु हुनेछन् ।
सेमिफाइलनमा पहिलो स्थानमा रहनेले चौथो र दोस्रो स्थानमा रहनेले तेस्रो स्थानमा रहने टीमसँग प्रतिष्पर्धा गर्नेछ । फाइलन खेल जुलाई २३ मा हुनेछ ।