काठमाण्डू, सत्तारुढ घटक नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
बैठक साउन २३ गते आइतवार दिउँसो १ बजे बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने उनले बताए ।
एमालेसँगको सहकार्यसँगै सत्तामा फर्किएको कांग्रेसले बैठकमा सरकार र पार्टीको आगामी कदम, सांगठानिक कार्ययोजनालगायत विषयमा छलफल गर्ने बताइएको छ ।


































