काठमाडौं, एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार दिउसो सवा ४ बजे हुनेछ । गएराति भएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हराएको थियो ।
गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यसपालि एसीसी एसिया कप खेल्ने सम्भावना समाप्त भएको छ । फाइनल खेल आइतबार ओमान र यूएईबीच हुनेछ ।


































