२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

विश्वकप क्रिकेट लिग टू : यूएईले टस जित्यो, नेपालले पहिले बलिङ् गर्दै

काठमाडौं, आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ ।

त्रिवी क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ् रोजेपछि नेपालले पहिला बलिङ् गर्दैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ । एकदिवसीय विश्वकपको क्वालिफायर खेल्ने ऐतिहासिक सफलताको एक खुड्किलो मात्रै पछाडी छ ।