२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ । आजको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ ।

घरेलु टोली नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।

लिग २ मा २१ खेलमा ६ जितमात्रै निकालेको नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । यस्तै, ओमान २५ खेलबाट १३ जितका साथ २९ अंकसहित तेस्रो स्थानमा छ ।

Untitled
Untitled
Untitled