२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बुटवल तीन जना चढेको स्कूटर अनियन्त्रित भएर पल्टिँदा दुईको मृत्यु, एकको अवस्था गम्भीर

Untitled
Untitled
Untitled

बुटवल, तीन जना चढेको स्कूटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।

पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया नीशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।

मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवल वडा नं १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा स्कूटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिए ।

नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कूटर दुर्घटना भएको उनले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नुवाकोट(बुटवल सडकको यही स्थानमा पट( पटक दुर्घटना भएर पछिल्ला दुई वर्षमा ६ जनाको मृत्यु भइसकेको छ ।

यो सडक खण्डमा ट्राफिक प्रहरीको चेकजाँच नहुने भएकाले दुर्घटना दोहोरिएर मानवीय क्षति भइरहेको हो ।

 

Untitled
Untitled
Untitled