२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विश्वकप लिग-२ : यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।

नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रँदैछ।

अंक तालिकाको पुछारमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ।

त्यसैले एकअर्काविरुद्ध मैदान उत्रँदा नेपाल र यूएई दुवै जितको खोजीमा हुनेछन्।

लिग-२ मा २० खेल खेलेको नेपाल ५ खेलमा जीत, १३ खेलमा हार र २ खेल नतिजाविहीन हुँदा १२ अंकमा तालिकाको सातौँ स्थानमा छ।

समान खेलबाट ५ खेलमा जीत र १५ खेलमा हार भोगेको यूएई १० अंकमा तालिकाको पुछारमा छ।

२४ खेल खेलेको ओमान भने २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

Untitled
Untitled
Untitled