काठमाण्डू, आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट शुरु हुनेछ ।
शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ ।
पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धामा उत्रिनेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ ।
यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् ।
अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।


































