२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

तोलामा ३ हजार घट्यो सुन

Untitled
Untitled
Untitled

काठमाण्डू, शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।

गत शुक्रबार चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

Untitled
Untitled
Untitled