२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

न्यूजील्यान्ड टी-२० विश्वकपको दोस्रो पटक फाइनलमा, दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र भारतबीच हुने

Untitled
Untitled
Untitled

एजेन्सी, आइसीसी टी-२० विश्वकपमा न्यूजील्यान्ड दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको सेमिफाइनलमा साविक फाइनलिस्ट दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

उसले उपाधिका लागि इंग्ल्यान्ड र भारतबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

कीवी टोली यसअघि पहिलो पटक सन् २०२१ मा फाइनलमा स्थान बनाएको थियो।

कोलकातास्थित इडन गार्डेन मैदानमा न्यूजील्यान्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिले बलिङ रोजेको थियो।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो।

जवाफमा न्यूजील्यान्डले १७० रनको लक्ष्य सहजै पूरा गर्‍यो। न्यूजस्ल्यान्डले १२.५ ओभरमै १ विकेटको क्षतिमा जित हात पार्‍यो।

फिन एलेनले ३३ बलमै अविजित १०० रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनले टी-२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक प्रहार गरे।

एलेनले वेस्टइन्डिजका दिग्गज ब्याटर क्रिस गेलको कीर्तिमान तोडे। गेलले सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक बनाएका थिए।

Untitled
Untitled
Untitled