काठमाण्डू, देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहँदा केही स्थानमा भने शङ्कास्पद वस्तु फेला परेको छ।
काठमाडौँसहित देशका २२ स्थानमा अहिले ‘होक्स’ फेला परेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौँका दुई स्थानमा ‘होक्स’ फेला परेको छ।
शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर हेर्दा ‘होक्स’ भएको खुलेको हो।
प्रहरीका अनुसार ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बागलुङ, कपिलवस्तु र कञ्चनपुरमा एक एक स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ।
यस्तै बाँकेका ३ स्थानमा र बर्दियाका दुई स्थानमा पनि शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ।
अहिले देशका २३ स्थानबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।


































