२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

Untitled
Untitled
Untitled

एजेन्सी, टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई पराजित गरेको छ । जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

१७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो ।

विश्वकपको उपाधि दाबेदार अष्ट्रेलियाका म्याट रेन्शले ६५ रन बनाउँदा अन्य सबै ब्याट्सम्यान फ्लप भए ।

ग्लेन म्याक्सवेलले ३२ बल खाँदै ३१ रन जोडे । यस्तै, ट्रेभिस हेडले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ जिम्बाब्वेका ब्लेसिङ मुजारबानीले चार विकेट लिए भने ब्राड इभान्सले तीन तथा वेलिङटन मसाकदजा र रायन बुर्लले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले २० ओभरमा २ विकेटको क्षतिमा १६९ रन जोड्यो ।

उसका लागि ब्रायन बेनेटले अर्धशतक बनाए । उनले अविजित ६४ रनको योगदान दिए ।

यस्तै, तडिवानासे मारुमनी र रायन बुर्लले ३५–३५ रन जोडे । यस्तै, सिकन्दर रजाले अविजित २५ रनको योगदान दिए ।

बलिङतर्फ मार्कुस स्टोइनिस र क्यामरुन ग्रिनले एक/एक विकेट लिए ।

वरीयतामा दोस्रो स्थानमा रहेको अष्ट्रेलिया ११ औं स्थानमा रहेको जिम्बाब्वेसँग स्तब्ध बन्यो ।

यसअघिको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराएको थियो भने जिम्बाब्वेले ओमानमाथि ८ विकेटको जीत हात पारेको थियो ।

Untitled
Untitled
Untitled