२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

१३ वर्षपछि इटलीसँग भिड्दै नेपाल, विश्वकपमा जितको खोजी

Untitled
Untitled
Untitled

काठमाण्डू, आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा हुनेछ ।

पहिलो खेलमा पराजय भोगेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रनेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार बेहोरेको थियो ।

त्यसैले समूहमा प्रतिस्पर्धामा टिकिरहन आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

नेपाल र इटली १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुन लागेका हुन् ।

सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत यी दुई टोलीबिच भेट भएको थियो, जुन ५० ओभर फर्म्याटमा खेलिएको थियो ।

आजको खेल भने नेपाल र इटलीबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ ।

इतिहास हेर्दा, नेपाल १२ वर्षपछि इटलीविरुद्ध जितको खोजीमा पनि हुनेछ ।

यस्तै, नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध जीत हात पारेपछि विश्वकपमा हालसम्म कुनै खेल जित्न सकेको छैन ।

समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जित्दै ४ अंक जोडिसकेको छ ।

इंग्ल्यान्ड र स्कटल्यान्डले दुई–दुई खेलबाट समान २ अंक जोड्दा नेपाल र इटली अंकविहीन अवस्थामा छन् ।

आजको खेलले समूहको समीकरणमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Untitled
Untitled
Untitled