२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अख्तियार प्रमुख राईसहित १० जना उच्चपदस्थलाई ज्यान मार्ने धम्की दिएका पाठकलाई नेपाल ल्याइयो

Untitled
Untitled
Untitled

काठमाण्डू, उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फिलिपिन्समा पक्राउ परेका ३३ वर्षीय प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी उनलाई नेपाल ल्याएको हो । पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले आज बुधबार उनलाई नेपाल ल्याइएको जानकारी दिए ।

पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्चपदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएको अभियोग छ ।

धम्की दिएपछि अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लागेको थियो ।

उनको बारेमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी र इन्टरपोलमार्फत डिसेम्बर १२ मा डिफ्युजन नोटिस जारी भएको थियो ।

डिसेम्बर ३१ मा मालोलस सिटीमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको फ्युजिटिभ सर्च युनिटले फिलिपिनी नेसनल पुलिससँगको संयुक्त अपरेसन गरी उनलाई पक्राउ गरेको थियो ।

फिलिपिन्सको अध्यागमन विभागका अनुसार अनुसन्धानका क्रममा पाठक अन्य गम्भीर सुरक्षा चुनौतीका गतिविधिमा समेत संलग्न रहेको पाइएको थियो ।

उनले जेलबाट भागेका कैदीहरूलाई आर्थिक सहयोग गर्ने, हतियारमा पहुँच पु¥याउने र आत्मसमर्पण नगर्न उक्साउने गरेको सूचना प्राप्त भएको विभागले जनाएको छ ।

सरकारी अभिलेखअनुसार पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए । उनको वैधानिक बसाइँको अनुमति डिसेम्बर १८ मा समाप्त भएको थियो ।

Untitled
Untitled
Untitled