२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एनपीएलमा आज दुई खेल, चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ ।

तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ ।

आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

Untitled
Untitled
Untitled