२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हङकङ आगलागीमा मृतकको संख्या ९४ पुग्यो, अझै ३०० बेपत्ता

Untitled
Untitled
Untitled

एजेन्सी, हङकङको ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा एक अग्निनियत्नत्रकसहित मृत्यु भएकाको संख्या ९४ पुगेको छ।

यस्तै घटनामा ११ अग्निनियन्त्रकसहित ७६ जना घाइते भएको र अझै ५६ जना अस्पतालमा रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बीबीसीका अनुसार अझै करिब ३०० जना बेपत्ता रहेको पनि रिपोर्ट गरिएको छ। बुधबार ताईपो जिल्लाका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो।

हङकङका नेताले आगो अहिले नियन्त्रणमा आएको बताएका छन्। सुरक्षा कमजोरी गरिएको भन्दै अहिले त्यहाँका बासिन्दामा आक्रोश छ।

आगलागीका बेला त्यहाँ कति जना थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन। हालैको तथ्यांकअनुसार, त्यहाँ ४ हजार ६०० जनाको हाराहारीमा मानिस बस्थे।

आगलागी कसरी शुरु भयो भन्ने विषयमा पत्ता लाग्न बाँकी नै छ। अधिकारीहरूले यसको अनुसन्धान शुरु गरेका छन्।

प्रहरीले भवनको बाहिरी भागमा प्रयोग गरिएको सामग्री अग्निप्रतिरोधी नभएको बताएको छ।

यसैबीच हङकङका नेता जोन ली का-च्युले नवीकरण भइरहेका सबै प्रमुख सार्वजनिक आवासको निरीक्षण गर्न आदेश दिएका छन्।

Untitled
Untitled
Untitled