२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

त्रिकोणात्मक मैत्रीपूर्ण महिला फुटबलमा नेपाल इरानसँग ३-० गोलले पराजित

Untitled
Untitled
Untitled

काठमाण्डू, भारतमा जारी इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण महिला फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पराजित भएको छ।

सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग ३-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भयो। खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

नेपाल इरानसँग पहिलोपटक पराजित भएको हो। यसअघि भारतमा भएको हिरो गोल्डकपमा नेपालले इरानलाई ३-० ले गोल अन्तरले नै हराएको थियो।

आज इरानले त्यसको बदला लियो। अब प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्नेछ।

Untitled
Untitled
Untitled