२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाण्डू, अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको छ ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले २९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । लोकेश बमले १६ बलमा २४ रन जोडे ।

नेपालले चार खेल खेलेकोमा एक जीत र तीन हार व्यहोरेको छ ।

पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

तर, मंगलबार भएको चौथो खेलमा नेपालले होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको फराकिलो जीत हात पारेको थियो ।

Untitled
Untitled
Untitled