२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

यू–१९ विश्वकप छनोटमा लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल ओमानविरुद्ध उत्रँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज (सोमबार) ओमानसँग खेल्दैछ ।

खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

घरेलु टोली नेपालले आइतबार यूएईलाई ५ रनले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

यसर्थ नेपाल आज लगातार दोस्रो जितको खोजीमा ओमानविरुद्ध मैदानमा उत्रँदै छ । यस्तै अर्को खेलमा अफगानिस्तानले हङकङको सामना गर्दैछ ।

यसअघि यूएईमा भएको छनोटमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

उक्त खेलमा दिपेश कँडेलले निर्णायक ह्याट्रिक लिएका थिए । यसपटकको छनोटमा अफगानिस्तानको उपस्थिति नेपालका लागि थप चुनौती बनेको छ ।

छनोटको तयारीका क्रममा नेपालले अफगानिस्तानसँग ३ खेलको शृङ्खला खेलेको थियो, जसमा नेपालले १ खेल जित्दा २ खेल गुमाएको थियो।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।

यसर्थ नेपालसामु हरेक खेल जित्नुपर्ने चुनौती छ ।

Untitled
Untitled
Untitled