२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

यू – १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

Untitled
Untitled
Untitled

काठमाडौं, एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।

नेपालले समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न जोर्डनलाई हराउनैपर्नेछ । इरान र जोर्डनबीच हुने अन्तिम खेलमा पनि नेपालको अनुकूल नतिजा आउनुपर्नेछ ।

बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । समूह चरणको खेलपछि धेरै अंक जोड्ने टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता दोस्रो चरणमा पुग्नेछन्, जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ ।

दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछन् ।

आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।

 

Untitled
Untitled
Untitled