२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

लिग–२ : कीर्तिपुरबाट कीर्तिमान, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

Untitled
Untitled
Untitled

काठमाडौं, विश्वकप क्रिकेट लिग–२ मा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईमाथि डिएल मेथडबाट जीत निकालेको हो।

खेलसँगै २ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ। ३९ अंक भएको नामिबिया चौथो स्थानमा झरेको छ।

यससँगै नेपाल जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरमा पुग्न सफल भएको छ ।

लिग–२ : कीर्तिपुरबाट कीर्तिमान, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

नेपालले ३११ रनको लक्ष्य पछ्याउँदै गर्दा ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसबेला नेपालले ६ विकेट क्षतिमा २६९ रन बनाएको थियो ।

पछि खेल सम्भव नभएपछि नेपाल ९ रनले विजयी भएको हो । नेपालका लागि ४ खेलाडीले अर्धशतक बनाए ।

युएइलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

भीम सार्कीले ६७, आरिफ शेखले ५२, गुल्सन झाले अविजित ५० र कुशल भूर्तेलले पनि ५० रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा ३१० रन बनाएको थियो । यूएईका लागि असिफ खानले अविजित १०१ रनको पारि खेले ।

यस्तै वृत्य अरविन्दले ९४ र मोहम्मद वसिमले ६३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १(१ विकेट लिए ।

नेपालले विश्वकप क्वालिफायर जिम्बाबेमा खेल्नेछ । जहाँ दक्षिण अफ्रिका, श्रीलंका, जिम्बाबे जस्ता टोली हुनेछन् ।

 

Untitled
Untitled
Untitled