२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

बर्दियाको मधुवनमा गैंडाको आक्रमणबाट वरिष्ठ पथ प्रदर्शकको मृत्यु, एक अमेरिकी नागरिकसहित दुइ जना घाइते

Untitled
Untitled
Untitled

वर्दिया, वर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ ।

नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा घटना भएको हो ।

एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।

 

Untitled
Untitled
Untitled