२०८३ जेठ २७ बुधवार | Wednesday, Jun 10 2026

आर्थिक र सुशासन सुधारमा सरकार प्रतिबद्ध हुने छ : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ ।

ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’ एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरे । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।

Untitled
Untitled
Untitled