काठमाण्डू, एसीसी महिला टी–२० एसीया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको छ ।
एसीया कप इतिहासमा नेपालको यो पहिलो जीत हो । यसअघि खेलेको दुई संस्करणमा नेपालले जीतको खाता खेल्न सकेको थिएन ।
यसपटक यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जीतमा ओपनर सम्झना उत्कृष्ट ब्याटिङ गरिन् । उनले १६।१ बलमा ११ चौकासहित अविजित ७२ रन बनाइन् ।
अन्तर्राष्ट्रिय करियरमा सम्झनाको यो करियरकै उत्कृष्ट पारी हो ।
त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।
यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् ।
यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे । नेपालका लागि कप्तान इन्दू वर्माले उत्कृष्ट बलिङ गरिन् ।
उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक/एक विकेट लिए ।