२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

माइक्रोसफ्टको सर्भरमा समस्या, विश्वभरका बैंक, मिडिया समूह र एयरलाइन्स प्रभावित

Untitled
Untitled
Untitled

एजेन्सी, शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । वीवीसीकाअनुसार माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो ।

माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ । सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् ।

बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोक्ने सम्भावना छ । एउटा ठूलो ट्रेन कम्पनीले आईटी समस्याहरू ठूलो मात्रामा सामना गरिरहेको छ, जसले ट्रेनहरूको सञ्चालनलाई असर गर्न सक्छ ।

आईटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक(इनमा समस्या छ । आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरू भएको रिपोर्ट गरिएको छ ।

स्काई न्यूज च्यानल बेलायतमा बन्द भएको छ । अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरूद्ध भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ ।

लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ । अमेरिकाको अलास्कामा पनि आपतकालीन फोन सेवा प्रभावित भएको छ ।

अलास्का प्रहरीले फेसबुकमा पोष्ट गरेको छ कि यस फोन सेवासँग सम्बन्धित कल सेन्टरहरू राज्यभरि व्यापार बन्द छन् ।

Untitled
Untitled
Untitled