२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्‌मा विश्वासको मत लिने

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने भएका छन् ।

संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भएपनि नियुक्तिको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथग्रहण गरेका थिए ।

केही मन्त्री र सत्तापक्षका सचेतकहरूसँग ओलीले छलफल गरेपछि विश्वासको मत लिने तय भएको हो ।

प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने तयारीमा रहेको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

Untitled
Untitled
Untitled