२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

श्री एयरलाइन्सले थप्यो ८० सिटको जहाज, ३३ घण्टा उडेर आइपुग्यो काठमाडौँ

Untitled
Untitled
Untitled

काठमाण्डू, श्री एयरलाइन्सले डि हामिल्यान्ड अफ क्यानाडा ( तत्कालीन बम्बार्डियर ) द्वारा निर्मित ८० सिट क्षमताको विमान कल साइन ९एन(एओएम थपेको छ।

यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेको ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा कम ध्वनी आउने रहेको दाबी कम्पनीले गरेको छ।

कम्पनीका अनुसार जहाजमा क्यानाडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्ल्यूआईएसआईए, इन्जिन जडान गरिएको छ।

श्री एयसलाइन्सका पाइलटले अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसल्यान्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै झन्डै ३३ घण्टा उडान गरी आज बिहान १ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थल ल्याइपुर्‍याएका हुन्।

जहाज ल्याउने क्रममा तीन रात्रि बिसान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले हाल सीआरजे २००/७०० तथा क्यू ४०० ड्यास गरी १० वटा विमानबाट यात्रुलाई सेवा दिइरहेको छ।

यी विमान काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थल उडान हुने गरेका छन्।

Untitled
Untitled
Untitled