२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

कांग्रेसको संसद् अवरोध हटाउन शीर्ष नेतासँग छलफल गर्दै सभामुख घिमिरे

Untitled
Untitled
Untitled

काठमाडौं, प्रतिनिधि सभाका सभामुख सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख घिमिरेले चार दलका नेतासँग छलफल गर्ने भएका हुन् ।

सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले अघिल्लो बैठकमा मंगलबारको बैठकमा संसदीय समिति गठन गरेर मात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चारजना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गरेका हुन् ।

अधिकारीका अनुसार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

Untitled
Untitled
Untitled