२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन, भोलि चुनाव चिन्ह दिइने

Nabil Bank

काठमाडौं, आउँदो १५ वैशाखमा हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगका अनुसार सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गरिने भएको हो ।

आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो ।

अपरान्ह ३ बजेपछि सोमबार अपरान्ह ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।

तर, इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगले जनाएको छ ।

यस्तै, आयोगले मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

२७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

उपनिर्वाचन हुने इलाम–२ मा २० र बझाङ १ ९१० मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि १५ वैशाखमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।