काठमाडौं, आज विश्वभर अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । हरेक मानिसले खुसी हुन पाउनु अधिकार हो भन्ने मान्यतामा खुसी दिवस मनाउन थालिएको हो ।
राष्ट्रसङ्घले सन् २०११ देखि खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । खुसी सूचकाङ्कमा फिनल्याण्ड विश्वकै सबैभन्दा खुसी राष्ट्र बन्दै आएको छ । यो वर्ष पनि खुसी राष्ट्रका सूचीमा फिनल्याण्ड दर्ज भएको छ ।
वल्र्ड ह्यापिएस्ट रिर्पोटअनुसार फिनल्याण्ड विश्वकै खुसी राष्ट्रको सूचीमा एक नम्बरमा परेको हो ।
१ सय ४३ देशको सूचीमा नेपाल ९३ औं स्थानमा छ । खुसी हुने सवालमा भारत नेपाल भन्दा धेरै पछाडि छ ।
भारत १ सय २६ औं स्थानमा रहदा भारतलाई उछिन्दै पाकिस्तान १ सय ८ औं नम्बरमा सूचीकृत छ ।
सबैभन्दा कम खुसी हुने राष्ट्रमा अफगानिस्तानलाई सूचीकृत गरिएको छ । अफगानिस्तानभन्दा एक अंकले मात्र लेबनान अगाडि छ ।



































