२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

दिउँसो हल्कादेखि मध्यम वर्षा, राति कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौ, आज दिउँसो भारी मौसमको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको सरदर रेखा नेपालमा नरहेकाले मंगलबार भारी वर्षाको सम्भावना नरहेको हो ।

यद्यपि देशका केही स्थानमा हल्का वर्षाको भने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘मौसमको सरदर रेखा नेपालमै चाहिँ अवस्थित छैन । तर, औसतभन्दा माथि नै अर्थात् उत्तरतिर नै भएकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो भारी वर्षाको सम्भावना देखाएको छैन,’ मौसमविद् नगरकोटीले भनिन् ।

आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

कोशी र मदेश प्रदेशका जिल्ला भएर बग्ने नदीको जल सतह बढ्ने सम्भावना विभागको अनुमान छ ।

नदीमा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् ।

Untitled
Untitled
Untitled