काठमाडौ, मोरङ घर भएर काठमाडौ बसोबास गर्दै आएका विश्व आर्चाय पेशाले निर्माण ब्यावसायी हुन् ।
बिगत दश बर्ष भन्दा बढी निर्माण ब्यावसायमा लागेका आर्चायका पछिल्ला दिन भने निराशाजनक बन्दै गएका थिए । काम पनि नपाउने ।
काम पाएपनि भुक्तानीमा भएको ढिलाइले ब्यावसायले सही गति लिन सकेको थिएन् । निराशाले स्थान पाउन थाले पछि आर्चाय के गर्ने र कसो गर्ने भन्ने निर्याणमा पुग्न सकि राखेका थिएनन् ।
कतिसम्मको निराशा आएको थियो भने उनी कतै एकान्तमा गएर दिन बिताउनेदेखि सन्यासी जीबन बिताउनेसम्मको योजनामा पुगेका थिए ।
कहिले काही त निराशाले गर्दा आत्महत्याकोसमेत सोच आएको आर्चाय बताउछन् ।
निरासै निरासाले केही गर्ने जोस र जाँगर पनि लाग्न छाडेका आर्चायलाई एक दिन सामाजिक सञ्जालमा आएको एउटा भिडियोले परिबर्तन ल्याइ दियो ।
उनी माता मनकामनाको आस्रम रहेको शोभा भगवतीमा गए । मातालाई आफना समस्या राखे ।
माताकोमा गएको एक सातामा उनको रकम उठन थालेको आचार्य बताउँछन् । उनी मात्र होइन माताकोमा दैनिक तीन सयदेखि छ सय सम्म मानिस जाने गरेका छन् ।
अस्पतालले फिर्ता गरेका बिरामीदेखि बैदेशिक रोजगारीमा भिषा नलागेकासम्म माताकोमा जाने गरेका छन् । माताकोमा जानेमा बढी जसो बैदेशिक अध्ययनका लागि जाने गरेका छन् ।
माताले पासपोर्टमा फुकफाक गरेपछि भिषा लागेर मातालाई धन्यबाद दिन जानेको लाइन पनि कम छैन् ।