२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

सन्दीप लामिछाने विदेश जान पाउने/नपाउने मुद्दामा निर्णय आज

Untitled
Untitled
Untitled

काठमाडौं, नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएपछि सन्दीपले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिम मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुन लागेको हो।

सरकार र सन्दीपको दुवै मुद्दामा गत शुक्रबारदेखि भएको सुनवाइ नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो।

सर्वोच्च अदालतको बन्द इजलासमा भएको सुनवाइ पछि क्रिकेटर सन्दीप विदेश जान पाउने कि नपाउने फैसला हुने निर्णय हुनेछ।

एक नाबालिग माथि बलात्कार गरेको आरोप पछि फरार रहेका सन्दीपले गत असोज २० मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो।

सो आदेशका विरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन्। जसविरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइरहेको हो।

Untitled
Untitled
Untitled