२०८१ साउन १ मंगलवार | Tuesday, Jul 16 2024

ग्यालेक्सी एक्सिलेन्स अवार्ड चैतमा, आगामी संस्करण जर्मनीमा गरिने

Nabil Bank

काठमाडौँ, ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण चैत १७ गते हुने भएको छ । अवार्डको दोस्रो संस्करणमा ३५ विधामा अवार्ड वितरण गरिनेछ ।

भवानी इन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रूपमा आयोजना गर्न लागेको अवार्डलाई गीता एभिसनले मुख्य प्रायोजन गरेको छ ।

आयोजक संस्थाका प्रमुख सोनितराज ढुङ्गेलले दोस्रो संस्करण गीता एभियसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको जानकारी दिए ।

आफ्नो क्षेत्रमा सफल तथा क्रियाशील व्यक्तित्वको काम र मेहनतलाई थप हौसला प्रदान गर्ने उद्देश्य राखी यस पटक विशेष सम्मान गर्न लागिएको र अर्को पटक देशबाहिर जर्मनीमा गरिने आयोजक संस्थाले जनाएको छ ।