२०८२ कात्तिक ७ शुक्रवार | Friday, Oct 24 2025

Untitled

धरानमा पाँचौँ प्रदेश स्तरीय पुष्प मेला सुरु

Untitled
Untitled
Untitled

धरान, “घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।

दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष धरान उपमहानगरपालिकामा प्रदेश १ का उद्योग कृषि तथा सहकारी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले बुधबार उद्घाटन गरे ।

उनले फूल सुख दुःख दुवैमा चाहिने भएकाले यसको प्रवर्धन र व्यावसायिक रूपमा अगाडि बढाउन सके नेपालमै करोडौँ आम्दानीको स्रोत हुने भएकाले पुष्पखेतीको प्रवर्धन र विकासका लागि बर्सेनि अनुदान दिँदैआएको बताए ।

उनले अनुदानका लागि पुष्पखेतीका कृषकहरूले पुष्पखेती व्यावसायिक रूपमा गर्दैछौं भनी जानकारी दिन आग्रह गर्दै पुष्पखेतीलाई प्रवर्धन र विकासका लागि सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताए ।

प्रदेश १ का सांसद रमेशकुमार बस्नेतले आफ्नै ठाउँमा पर्याप्त फूल उत्पादन गर्न सकेमा बाहिरबाट फूल आयात गर्न नपर्ने चर्चा गरे ।

फ्लोरीकल्चर एसोसिएसन सुनसरीले आयोजना गरेको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएको फ्लोरीकल्चर एसोसिएसन नेपालको अध्यक्ष मीनबहादुर तामाङले बताए ।

अहिले देशभर ४८ जिल्लामा १७८ हेक्टर क्षेत्रफलमा ७३२ भन्दा बढी व्यवसायीहरूले पुष्प व्यवसाय गरिएको उनले बताए । जसमा ४० हजार जनाले रोजगारी पाएको उनको भनाइ छ ।

गतवर्ष मात्र ३६ करोड रुपियाँको फूल आयात भएको छ । १ करोड बरावरको फूल निर्यात भएको उनले बताए ।

यसैगरी धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्रविक्रम बेघाले आफूलाई चाहिने फूल आफै उत्पादन गर्नसके हाम्रो देशको करोडौँ रुपियाँ बाहिर जानबाट जोगिन सक्ने बताए ।

पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहेको छ ।

ती स्टलमा मौसमी, आलङ्कारिक बोटबिरुवा, सुनाखरी, कम्पोस्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गर्न राखिएको छ ।

Untitled
Untitled
Untitled