२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

फ्रेन्च कपबाट बाहिरियो पीएसजी

एजेन्सी, पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ । गएराति सम्पन्न अन्तिम १६ को खेलमा मार्सेलीविरुद्ध २–१ को हार बेहोर्दै पीएसजी फ्रेन्च कपबाट बाहिरिएको हो ।

मार्सेलीको जीतमा एलेक्स सान्चेज र रुस्लान मिलानोभ्स्कीले एकरएक गोल गरे । खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरुआती अग्रता दिलाए ।

यद्यपि मार्सेलीको अग्रता लामो समयसम्म टिक्न सकेन ।

पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १–१ को बराबरीमा ल्याए ।

मार्सेलीका रुस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि पीएसजीले गरेको केही उत्कृष्ट प्रहार गरे पनि ऊ सफल भने हुन सकेन ।

मेसी र नेयमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा १४ पटकको च्याम्पियन पीएसजी स्तब्ध बन्यो ।

फ्रान्सेली लिग वानमा मार्सेली शीर्ष स्थानमा रहेको पीएसजीभन्दा ८ अंकले पछि छ । ऊ ४६ अंकसहित दोस्रो स्थानमा छ ।